काठमाडौँ – प्रहरीले काभ्रेको बनेपा नगरपालिका वडा नं. ६ मा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


पक्राउ पर्नेमा काभ्रे बनेपाका ३९ वर्षीय जनक तिमल्सिना, काभ्रेकै तेमाल गाउँपालिकाका २८ वर्षीय विश्वराज तामाङ, धुलिखेलका ३५ वर्षीय रामेश्वर केसी, ४० वर्षीय अनिल थापा, ३४ वर्षीेय भोला राय र ४२ वर्षीय किरण रञ्जितकार रहेका छन् ।


ADVERTISEMENT

# # #


प्रहरीका अनुसार उनीहरुलाई बनेपा नगरपालिका वडा नं. ६ स्थित पाँचकुमारी पेट्रोल पम्प नजिक रहेको जनक तिमल्सिनाको घरमा पैसाको बाजी राखेर जुवातास खेल्दै गरेको अवस्थामा शुक्रबार राती १०ः१० बजे पक्राउ गरिएको हो । उनीहरुलाई पक्राउ पश्चात कानुन अनुसार जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट दिन ७ को म्याद थप गराएर आवश्यक अनुसन्धान भइरहेको काभ्रेका प्रहरी प्रमुख एसपी रवि पौडेलले जानकारी दिएका छन् ।

उनका अनुसार प्रहरीले पक्राउ परेकाहरुबाट ६ लाख ५४ हजार ५ सय रुपैयाँ, ४ बुक तास र जुवा खालमा प्रयोग भएको १ थान तन्दा बरामद गरेको छ ।