काठमाडौँ – नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । गुल्मीको छत्रकोट गाउँपालिका वडा नं. ५ का ६९ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार प्यारालाइसिसको उपचारका लागि भारत गएका उनी गत जेठ २५ गते नेपाल आएका थिए । होम क्वारेन्टिनमा रहेको उनको असार ५ गते (शुक्रबार) मृत्यु भएको थियो । मृत्यु पश्चात सोही दिन नमूना संकलन गरी प्रादेशिक प्रयोगशाला भैरहवा पठाइएकोमा शनिबार कोरोना पुष्टि आएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनको शव शनिबार नै नेपाली सेनाको नेतृत्वमा व्यवस्थापन भइसकेको छ ।

यससंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ । नेपालमा आजसम्म कोरोना संक्रमितको संख्या ९०२६ पुगेको छ । जसमध्ये १७७२ जनाको उपचारपछि निको भएको छ । आज मात्रै ४२१ जना नयाँ संक्रमित फेला परेका थिए ।

हेर्नुहोस् कहाँ कति नयाँ संक्रमित थपिए र कति निको भए ? :