काठमाडौँ – पाकिस्तानका थप ७ जना राष्ट्रिय क्रिकेट खेलाडीमा कोरोना भाइरस (कोभिड–१९ संक्रमण देखिएको छ । मंगलबार थप ७ जनामा कोरोना पोजेटिभ देखिएको पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले जनाएको छ ।


ADVERTISEMENT


कोरोना संक्रमण पुष्टि हुनेमा काशिफ भाट्टी, मोहम्मद हसनैनन, फाखर जामन, मोहम्मद रिजवान, मोहम्मद हाफिज, वाहव रियाज र इमरान खान रहेको क्रिकइन्फोले जनाएको छ । यस्तै एक जना खेलाडी सहयोगीमा पनि कोरोना देखिएको पीसीबीले जनाएको छ ।


ADVERTISEMENT

# # #


सोमबार सदाब खान, हैदर अलि र हरिस रौफ गरी ३ जना खेलाडीमा कोरोना देखिएको थियो । यसरी पाकिस्तानका कुल १० जना राष्ट्रिय खेलाडीमा कोरोना पाइएको छ ।

पाकिस्तानले इंल्याण्डसँग ३ टेस्ट र ३ टी-२० अन्तर्राष्ट्रिय खेल खेल्ने गरी २९ सदस्यीय टोली घोषणा गरेको थियो । त्यसको एक तिहाई खेलाडीमा कोरोना देखिएपछि पाकिस्तान क्रिकेट टिमको इंगल्याण्ड भ्रमण पनि अनिश्चित बनेको छ ।

यद्दपी पाकिस्तान क्रिकेट बोर्डका सीइओ वासिम खानले २८ जुनमा इंगल्याण्ड प्रस्थान गर्ने टिमको योजना परिवर्तन नभएको बताएका छन् । उनका अनुसार कोरोना देखिएका खेलाडी १४ दिनसम्म ‘सेल्फ आइशोलेसन’मा जानेछन् भने कोरोना नदेखिएका खेलाडीले अभ्यास सुरु गर्न सक्नेछन् ।