काठमाडौँ– नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले पार्टीभित्र रहेको गुट उपगुट अन्त्य गर्नुपर्ने बताएका छन्


ADVERTISEMENT


रसुवा–काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले पार्टीभित्रको गुट तथा उपगुटका कारण पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा दोस्रो हुनुपरेको बताए ।


ADVERTISEMENT

# # #


“अबका दिनमा पार्टी एक ढिक्का भएर अगाडि बढ्नुपर्छ,” उनले भने । अब पनि पार्टी संस्थागत नभए प्रान्तीय र केन्द्रीय निर्वाचनमा कमजोर नतिजा आउन सक्ने नेता केसीको भनाइ थियो ।

काँग्रेस रसुवाका सभापति पेम्बा छिरिङ शेर्पाले आउँदो असोज २ गते हुने स्थानीय तह तथा प्रदेश र केन्द्रको निर्वाचनमा पार्टी एक ढिक्का भएर लाग्नुपर्ने धारणा राखे । कार्यक्रममा पूर्वजिल्ला सभापति तथा महाधिवेशन प्रतिनिधिलगायतले आपसमा मिलेर अगाडि बढ्न नेताहरूलाई सुझाव दिएका थिए ।

कार्यक्रममा रसुवाबाट माध्यमिक शिक्षातर्फ उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।