काठमाण्डौ – आज बिहानै ४ सय ६८ जना नेपाली काठमाण्डौ आइपुगेका छन् । कतारको दोहाबाट २४१ जना, हङ्कङबाट १ बच्चासहित ८१ जना र यूएई १४६ जना विभिन्न चार्टर्ड उडानमार्फत बिहान काठमाण्डौ आइपुगेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।


ADVERTISEMENT


आजै साउदीको दमामबाट १५४ जना नेपाली फर्कंदै छन् भने साउदीको रियादबाट पनि नेपालीहरु फर्कने तालिका रहेको विमानस्थलले जनाएको छ । कुवेतबाट पनि त्यहाँ आममाफीमा सहभागी नेपालीहरु स्वदेश फर्कंदै छन् । कुवेत सरकार आफैंले त्यहाँ समस्यामा रहेका नेपालीलाई स्वदेश ल्याइदिइरहेको छ ।


ADVERTISEMENT

# # #


यस्तै आज साउदीबाट आउने जहाजले १६ जना नेपालीको शव ल्याउने वैदेशिक रोजगार बोर्डले जनाएको छ । बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठका अनुसार बोर्ड र दूतावासको समन्वयमा शव ल्याउने काम भइरहेको छ ।