एजेन्सी– अमेरिकामा संक्रमितको संख्या दोब्बर बढीले बृद्धि हुन सक्ने विज्ञले चेतावनी दिएका छन् । पछिल्लो २४ घण्टामा ४५ हजार ४ सय ८९ जनामा संक्रमण पुष्टी भएसंगै त्यहाँ संक्रमितको संख्या २७ लाख २७ हजार ३ सय पुगेको छ । ज्यान गुमाउनेको संख्या १ लाख ३० हजार १ सय ६ पुगेको छ । दोस्रो स्थानमा रहेको ब्रजिलमा एकैदिन ३७ हजार ९ सय ९७ जना संक्रमित पुष्टी भएका छन् ।


ADVERTISEMENT


यो संगै त्यहाँ १४ लाख ८ हजार ४ सय ४५मा संक्रमण देखिएको छ । त्यहाँ ५९ हजार ६ सय ५६ जनाले ज्यान गुमाएका छन् । रुसमा संक्रमितको संख्या ६ लाख ४७ हजार ८ सय ४९ छ । पछिल्लो २४ घण्टामा त्यहाँ ६ हजार ६ सय ९३ जनामा संक्रमण पुष्टी भएको छ । हालसम्म ९ हजार ३ सय २० जनाको ज्यान गएको छ ।


ADVERTISEMENT

# # #


भारतमा संक्रमण पुष्टी हुनेको संख्या समते तिव्र गतिमा बढेको पाइएको छ । त्यहाँ एक दिन १८ हजार २ सय ५६ जनामा संक्रमण पुष्टी भएसँगै जम्मा संख्या ५ लाख ८५ हजार ७ सय ९२ पुगेको छ । १७ हजार ४ सय १० जनाले ज्यान गुमाएका छन् ।