पोखरा –  गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९९४ पुगेको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्‍त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो चौबीस घण्टामा २८ नयाँ संक्रमित फेला परेका छन् ।


ADVERTISEMENT


प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा पछिल्लो चौबीस घण्टामा थप २८ जना संक्रमित फेला परेको गण्डकी प्रदेशको सामाजिक विकास मन्‍त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयका प्रवक्ता विनोदविन्दु शर्माले जानकारी दिए ।


ADVERTISEMENT

# # #