काठमाडौँ – नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । अछामको रामारोशन गाउँपालिका वडा नं. ५ का ४५ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ती पुरुषको असार १४ गते अछामको बयलपाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । असार १३ गते एक्कासी श्वासप्रश्वासमा समस्या आएपछि ती पुरुषलाई उक्त अस्पतालमा लगिएको थियो ।


ADVERTISEMENT

# # #


मृत्यु भएको भोलिपल्ट स्वाब संकलन गरिएको थियो भने असार १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी मधुमेहका बिरामी रहेको प्रवक्ता डा गौतमले जानकारी दिए । उपचारका क्रममा बिरामीसँगै कुरुवा रहेका २ जनाको कोरोना नतिजा भने नेगेटिभ आएको छ ।

यससंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ । नेपालमा आजसम्म कोरोना संक्रमितको संख्या १४०८६ रहेको छ । आज मात्रै ४२१ जना नयाँ संक्रमित फेला परेका छन् ।

कूल संक्रमितमध्ये ४६५६ जनाको उपचारपछि निको भएको छ । आज मात्रै १४६२ जना कोरोनालाई जितेर डिस्चार्ज भएका छन् ।