– अनुराग गैरे


ADVERTISEMENT


गत डिसेम्बरको अन्तिनदेखी चीनको वुहान शहरमा एक जनामा देखियको कोरोना भाईरस नाटकिय रुपले फैलिदै जादा
विश्वका २१५ देशहरुले यसको नकारात्मक प्रभावको सामना गर्नु परेको छ। चीनबाट फैलिएको भएपनि संक्रमणको
आधारमा सबैभन्दा बढी प्रभावित Top Ten Countries (TOC) मा क्रमशः अमेरिका, ब्राजिल, रसिया, भारत, ब्रिटेन,
स्पेन, पेरु, चिली,इटली, र इरान रहेका छन। यो क्रमबद्दतामा चीन २१औ स्थानमा छ। कोरोनाको कारणले मानविय
क्षति हुदै अहिले अर्थतन्तका सबैजसो क्षेत्रहरु धरमरको अवस्थामा पुगेका छन।


ADVERTISEMENT

# # #


कोरोनाको कारणले पुग्न गएको मानविय क्षतिबाट सृजित आर्थिक मन्दिले गर्दा सम्पुर्ण विश्व मानव जगतमा नै त्रास
सिर्जना भएको अवस्थामा कोरोनाले मानवजातीको अस्तित्वलाई नै चुनौती तिर धकेल्दै आर्थिक, सामाजिक, सांस्कृतिक,
लगाएत मानसिक स्थिरतामा असन्तुलन पैदा गरेको छ। कोरोनाले निम्त्याएको संकटका साथ-साथै यसको जोखिम
ब्यबस्थापनमा हुदै आईरहेका अनेक किसिमका अनियमितता लगाएत भ्रष्ट्राचारले झनै ठूलो चुनौती थपेको छ। कोभिड-

१९ ले नेपालको अर्तथन्त्रमा हुन सक्ने सम्भाबित क्षतिको बारेमा बिभिन्न राष्ट्रिय तथा अन्तरार्ष्ट्रिय निकायले गरेको
प्रक्षेपणलाई हेर्दा नेपाल राष्ट्र बैंकः १ खर्ब ६८ अर्ब, केन्द्रिय तथ्याङ्क बिभागः १ खर्ब ३७ अर्ब देखि २ खर्ब २९ अर्ब,
एशियन डेभलप्मेन्ट बैंकः २ खर्ब ६२ अर्ब, अन्तराष्ट्रिय मुद्रा कोषः २ खर्ब ४० अर्ब। यि तथ्यांकलाई हेर्दा औसतमा नेपालले
लगभग रु। २ खर्ब भन्दा बढी क्षति बेहोर्नु पर्ने देखिन्छ।

कोरोना जोखिम न्युनिकराणको लागी अपनाइएका बिभिन्न उपायहरु (सामाजिक दुरि, लकडाउन) बाट अर्थतन्त्रका
सम्पुर्ण क्षेत्रहरु नकारात्मक तवरले प्रभावित भए र पर्यटन व्यबसाय पनि अछुतो रहन सकेन। नेपालको पर्यटन व्यबसाय
मात्रै नभएर विश्व पर्यटन व्यबसाय नै अहिले धरमराएको छ।कोरोनाको प्रभावभन्दा पहिलेको अवस्था हेर्दा आर्थिक बर्ष
२०७६मा नेपालको अन्तरार्ष्ट्रिय प्रयटक आगमनमा सबैभन्दा ठुलो हिस्सा भारतकोः २१.२ प्रतिशत त्यसपछि क्रमशः
चीनको १४.२ प्रतिशत, अमेरिका ७.८ प्रतिशत र बेलायत ५.१ प्रतिशत रहेको तथ्य हामीसंग ताजा छ।

हाम्रो अन्तरार्ष्ट्रिय  पर्यटक आगमनको लगभग ५० प्रतिशत हिस्सा ओगट्ने देशहरु कोभिड-१९ को जोखिमको सूचीमा उच्च स्थानमा रहनुले
हाम्रो पर्यटन व्यबसायमा झनै झोखिम थपिरहेको छ। नेपाल राष्ट्र बैंकले भर्खरै प्रकाशनमा ल्याएको तथ्यांकलाई हेर्दा आ.ब.
२०७५र७६ को बैशाखमा भ्रमणबाट आएको आय रु. ९.१ अर्ब रहेकोमा आ.ब. २०७६र७७ को सोहि अवधिमा यो आय
घटेर रु. ८६ करोड पुगेको छ। गत आ.ब. को बैशाख र यो आ.ब. बैशाखलाई तुलना गर्दा भ्रमणबाट आउने आयमा
लगभग ९० प्रतिशतले गिरावट आएको देखिन्छ।आन्तरिक पर्यटन पनि लकडाउनले पुर्ण रुपमा प्रभावित भएको
अवस्थामा होटेल, पदयात्रा, ट्राभल, हवाई यातयात,पर्वतारोहण, पर्यटक बसलगायत सेवा क्षेत्रमा कार्यरत उद्दोगी र
मजदुरमा प्रतिकुल असर परेको कुरा स्पष्ट छ।

विश्व परिवेशलाई हेर्दा संयुक्त राष्ट्र अन्तर्गतको विश्व पर्यटन संगठनले गरेको अध्ययनले सन् २०२० को पहिलो तीन
महिनामा अन्तरार्ष्ट्रिय पर्यटक लगभग २२ प्रतिशतले घटेको देखाइको छ भने सन् २०१९ को बार्षिक आगमनलाई तुलना
गर्दा सन् २०२० मा बार्षिक करिब ६० प्रतिशत देखि ८० प्रतिशत अन्तरार्ष्ट्रिय पर्यटकको आगमनमा कमी आउने प्रक्षेपण
गरेको छ। यसले विश्वका करोडौ मानिहरुको रोजगारीलाई खतराको संकेत देखाउदै दीगो विकास लक्ष्यलाई चुनौती
थपेको छ। विश्व पर्यटन संगठनले गरेको अध्ययनले करिब करोडौको संख्यामा रहेका मानिसहरुले पर्यटनसंग सम्बन्धित
रोजगारि गुमाउनु पर्ने अनुमान गरेको छ।

नेपालले भ्रमण बर्ष २०२० को लागि गरेको तयारीमा लागेको सम्पुर्ण लागत बालुवामा पानी खन्याएझै भएको बेला
पर्यटनसंग सम्बन्धित सरोकारवालामा अहिले भयानक त्रास सिर्जना भएको छ।
कोरोनाले पर्यटनमा पुर्याएको क्षति न्युनीकरण गर्न संघीय सरकारलगायत प्रदेश निती तथा कार्यक्रममा केहि राहतका
प्याकेज ल्याउने घोषणा बमोजीम जेठ १५ गते संघीय संसदमा प्रस्तुत भएको संघीय बजेटले पर्यटन क्षेत्रको लागि भनेर रु.
५० अर्बको विषेश प्याकेजको कार्यक्रम घोषणा गरेको छ। ब्यवसायमा पर्न गएको असरको बारेमा होटेल संघ नेपाल
(हान) ले बिभिन्न सर्वेक्षण गर्दै आइरहेको त्यस्तै पदयात्रा जोगाउने उपाय को लागि ट्रेकिङ एगेन्सिज एशोसिएसन अफ
नेपाल (टान) लगायतका अन्य निकायले बिभिन्न अध्ययन तथा अनुन्धान गरिरहेका समाचारहरु पत्र पत्रिका तथा
अनलाइन सामाग्रीमा सुन्न र पढ्न पाइन्छ।

अन्तमा पर्यटन क्षेत्रमा कोभिड-१९ ले पर्न गएको पर्न गएको प्रभाव न्युनिकरणमा सरकारि स्तर लगायत बिभिन्न निकाय,
संगठबले चालेका कार्यक्रमहरुलाई युद्धस्तरमा कार्यान्वयन गर्ने र कोरोनाको प्रभाव यदि निकट भबिष्यमा कम हुदै
गएपछि आन्तरिक पर्यटनलाई सवल र सक्षम बनाउदै जाने रणनितीले पर्यटनका सबैजसो पक्षले बिस्तारै गति लिने
विश्वास गर्न सकिन्छ।

(लेखक गैरे ग्लोबल कलेज इन्टरनेशनल, बि.एच. एम. कार्यक्रममा संयोजकको रुपमा कार्यरत हुनुहुन्छ।)