काराकास-  भेनेजुएलाको संसदको आमनिर्वाचन आगामी डिसेम्बरमा गर्नेगरी तयारी शुरु भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अध्यक्ष अल्फन्जो इजागुरले भेनेजुएलामा आगामी डिसेम्बरमा २७७ सदस्यीय संसदका लागि चुनाव हुने जानकारी दिनुभयो । यसपटकको चुनावमा ६६ प्रतिशतभन्दा बढी संख्यामा सांसदहरु चुनिन लागेका हुन् ।


ADVERTISEMENT


भेनेजुएला सरकारले यसै वर्ष नेसनल एसेम्ब्लीका लागि चुनाव गर्ने पटकपटक प्रतिबद्धता जनाइरहेको अवस्थामा चुनावको महिना घोषणा भएको हो । त्यस्तै राज्यका गभर्नरको चुनाव पनि सन् २०२१ मा गर्ने घोषणा गरिएको छ ।


ADVERTISEMENT

# # #