पोखरा –  गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार नाघेको छ । बिहीबार बिहान चार जिल्लामा आठ जनामा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या एक हजार ११४ पुगेको स्वास्थ्य निर्देशनालयले गण्डकीले जनाएको छ ।


ADVERTISEMENT


पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर अस्पतालमा गरिएको परीक्षणमा थपिने सङ्क्रमित तनहुँमा तीन जना पुरुष स्याङजाका दुई जना पुरुष, पर्वतका दुई जना पुरुष र बाग्लुङमा पनि एक जना पुरुष नै रहेको निर्देशनालयले जनाएको छ ।
सबै सङ्क्रमितलाई जिल्लाकै आइसाेलेसन कक्षमा लाने तयारी भइरहेको छ ।


ADVERTISEMENT

# # #