काठमाडौँ – नेपालमा थप ४७३ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिएका छन् । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १०९ जना महिला र ३६४ जना पुरुष गरी ४७३ जनामा संक्रमण पुष्टि भएको हो ।


ADVERTISEMENT


यससंगै नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ । जसमध्ये १८८३ जना महिला र १२६३७ जना पुरुष रहेका छन् ।


ADVERTISEMENT

# # #


कुल संक्रमित मध्ये ३१ जनाको मृत्यु भएको छ भने ५३२० जना निको भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । पछिल्लो २४ घण्टामा ६६४ जना डिस्चार्ज भएका छन् भने १ जनाको मृत्यु भएको छ ।