मोरङ ।  जिल्ला प्रहरी कार्यालय मोरङ प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले मातहतका कार्यालय प्रमुखसँग आवश्यक छलफल तथा निर्देशन दिएका छन् ।
मोरङ जिल्लाको शान्ति सुरक्षा र समुन्नतिमा अवरोध गर्ने जुनसुकै तत्व, शक्ति वा समूहको गतिविधिहरुलाई निर्ममतापूर्वक कारवाही गरी निस्तेज गर्न उपस्थित प्रहरी अधिकृतहरुलाई निर्देशन समेत दिए । कुनै आवरणमा रही हुने गरेका गुण्डागर्दी, मानव बेचबिखन तथा ओसारपसार, प्राकृतिक श्रोत साधनको दोहन, पर्यावरणीय विनाश र अवैध तस्करी जस्ता अपराधिक कर्मविरुद्ध सशक्त रुपमा कारवाही अगाडि बढाउनुपर्ने उनले बताए ।


ADVERTISEMENT


कानूनको निष्पक्ष, पारदर्शी र न्यायसम्मत तवरबाट कार्यान्वयन हुन सकेमा मात्र कानूनी शासनको प्रत्याभूति सम्भव हुने बताउँदै कानून र न्यायका आधारमा जिम्मेवारी वहन गर्न नसक्ने कोही पनि व्यक्ति कानूनको रक्षक हुन नसक्ने र त्यस्ता व्यक्ति संगठन र समाजका लागि योग्य पात्र नहुने बताए । आम नागरिकको आशा र भरोसाको केन्द्रको रुपमा रहेको प्रहरी संगठनको पवित्र उद्देश्य निस्स्वार्थ राष्ट्र र नागरिकको सेवा रहेको चर्चा गर्दै उहाँले यस पवित्र मन्दिरमा बसी छद्‍म भेषमा कोही कसैलाई अपवित्र काम, आवरण र व्यवहार गर्न छुट नरहने र त्यस्ता गलत तत्वहरुलाई संगठनबाट निर्मूल पार्न दृढ रहेको बताए ।


ADVERTISEMENT

# # #


कोरोना भाइरस (कोभिड-१९) ले सृजना गरेको बिषम परिस्थितिमा नेपाल प्रहरीले अग्रपंक्तिमा खटिएर विचलित नभई निर्वाह गरेको भूमिकाको चर्चा गर्दै मुलुकमा आइपरेको जुनसुकै संकट, विपद् वा अन्य कुनै पनि कठिन अवस्थामा राष्ट्रले सुम्पिएको जिम्मेवारी नेपाल प्रहरीले निष्ठापूर्वक बहन गर्दै आएको बताए । साथै बिषम परिस्थितिमा पनि आम नागरिकको सेवा र सुरक्षाका लागि सबै सरोकारवाला निकायवीच आपसी एकता, धैर्यता र स्व(अनुशासन हुनुपर्ने उल्लेख गरे ।
आधुनिकिकरणसँगै नेपाल प्रहरीप्रति आमनागरिकको अपेक्षा बढेको उल्लेख गर्दै नेपाल प्रहरीलाई थप चुस्तदुरुस्त बनाउन समग्र पुर्वाधारमा सशक्तिकरण गर्नेतर्फ सबैको पहल आवश्यक रहेको बताए ।