काठमाडौँ – गैरआवासीय नेपाली संघले काठमाडौँ जिल्लामा रहेका ३ होल्डिङ सेन्टरहरुलाई ५ दिनको लागि पानी उपलब्ध गराएको छ । संघका उपाध्यक्ष सोनाम लामाको पहलमा संघले आइतबार होल्डिङ सेन्टरहरुमा शुद्ध खाने पानी आपूर्ति गराएको हो ।


ADVERTISEMENT


नेपाल रेडक्रस सोसाईटी काठमाडौँ जिल्ला शाखाको कोषाध्यक्ष लक्ष्मीरत्न तुलाधरको उपस्थितिमा स्काई लाईन पार्टी प्यालेसमा नेपाली सेनाका प्रतिनिधिलाई उपाध्यक्ष लामाले पानी हस्तान्तरण गरेका छन् ।


ADVERTISEMENT

# # #


होल्डिङ सेन्टरहरुलाई सेनाले व्यवस्थापन गरिरहेको छ । नेपाल रेडक्रस सोसाईटी काठमाडौँ जिल्ला शाखाले विभिन्न संघ संस्थासंग सहकार्य गर्दै पानीको आपूर्तिको लागि संयोजन गर्दै आएको छ ।