काठमाडौैं –   विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले आइतबार एकैदिन विश्वमा दुई लाखभन्दा धेरै कोरोना संक्रमित थपिएको जनाएको छ । आइतबार २ लाख ३ हजार ८३६ कोरोना संक्रमित थपिएको डब्लूएचओले जनाएको छ ।


ADVERTISEMENT


शनिबार अहिलेसम्मकै सबैभन्दा धेरै एकैदिन २ लाख ११ हजार ४११ संक्रमित थपिएको डब्लूएचओको तथ्यांकमा उल्लेख छ ।


ADVERTISEMENT

# # #


हालसम्म विश्वमा एक करोड ११ लाख २५ हजार २४५ जनामा कोरोना संक्रमण देखिसकेको छ भने ५ लाख २८ हजार २०४ जनाको मृत्यु भइसकेको छ ।