काठमाडौँ — नेकपाको स्थायी कमिटी बैठक असार २४ गतेसम्मका लागि स्थगित भएको छ । सोमबारका लागि तय भएको बैठक असार २४ गते बिहान ११ बजेसम्मका लागि स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा नेकपाको प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए ।


ADVERTISEMENT


यसअघि शनिबारका लागि तय भएको बैठक सोमबारका लागि सारिएको थियो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दिउँसो संघीय संसद्को अधिवेशन अन्त्य गरेसँगै स्थायी कमिटी बैठक पनि प्रभावित भएको थियो ।


ADVERTISEMENT

# # #


यसैबीच नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल जारी छ । सोमबार बिहान साढे ९ बजेदेखि उनीहरुबीच छलफल सुरु भएको हो । स्थायी कमिटी बैठकअघि सहमतिको अधिकतम प्रयास खोज्ने भन्दै बैठक स्थगित गरिएको बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पद नछाड्ने अडान दोहोर्‍याएपछि विवाद झनै बढेको छ । दाहाल–नेपाल समूह ओलीले एउटा पद छाड्नु पर्ने अडानमा छन् ।