काठमाडौँ– व्यवस्थापिका–संसद्को आजको बैठक शुरु हुनेबित्तिकै समय माग गरी नेकपा एमालेका सांसद भीमबहादुर रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले हालै आफ्नो भारत भ्रमणका क्रममा संविधान संशोधन सम्बन्धमा दिएको वक्तव्यप्रति आपत्ति जनाए ।


ADVERTISEMENT


उनले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी प्रस्तावित विधेयकका बारेमा सदनसमक्ष प्रमले जानकारी दिन माग गर्दै निर्वाचन घोषणा भइसकेको अवस्थामा कर्मचारी सरुवा/बढुवा गरेकामा रोष व्यक्त गरे ।


ADVERTISEMENT

# # #


नेकपा(एमाले)का उपाध्यक्षसमेत रहेका रावलले लोकतन्त्रको मूल्य मान्यताविपरीत सरकारले गृह प्रशासन सञ्चालन गरेको आरोप लगाउँदै लोकतन्त्र स्वेच्छाचारीरुपमा चल्न सक्दैन, विधि नियमबाट सञ्चालन गर्नुपर्छ भने ।

यसपछि सभामुख ओनसरी घर्तीले यसका बारेमा के भएको हो जानकारी गराउन सरकारको ध्यानाकर्षण गराइन् ।