काठमाडौँ – नेपालमा कोरोना भाइरस (कोभिड–१९) निको भएर पछिल्लो २४ घण्टायता ६८८ जना डिस्चार्ज भएका छन् ।


ADVERTISEMENT


यसरी आजसम्म नेपालमा कोरोनालाई जितेर घर फर्किनेको संख्या ७४९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो डिस्चार्ज संख्या कुल संक्रमितको ४६.४ प्रतिशत हो ।


ADVERTISEMENT

# # #


नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १६ हजार १६८ रहेको छ । आज मात्रै २०४ जना संक्रमित थपिएका छन् । कुल संक्रमित मध्ये नेपालमा ३५ जनाको मृत्यु भएको छ ।