काठमाडौँ – कृषि विकास बैंक लिमिटेड र नेपाल स्टक एक्सचेन्ज लिमिटेडबीच धितोपत्र सूचिकरण सम्बन्धी सम्झौता भएको छ ।


ADVERTISEMENT


कृषि विकास बैंक को रु. १ हजार अंकित दरका २५ लाख कित्ता बराबरको ऋणपत्र निष्काशन (डिबेञ्चर) १०.३५ प्रतिशत व्याजदर रहेको “एडीबीएल कृषि बैंक ऋणपत्र २०८३”, को सूचिकरण गरी कारोबारका लागि कृषि विकास बैंक र नेपाल स्टक एक्सचेन्जबीच धितोपत्र सूचिकरण सम्बन्धी सम्झौता भएको हो ।


ADVERTISEMENT

# # #


नेपाल राष्ट्र बैँकले मौद्रीक नीति २०७६७७ अनुसार वाणिज्य बैंकहरुले २०७७ असार मसान्तभित्र आफ्नो चुक्ता पुँजीको न्यूनतम २५ प्रतिशत बराबर अनिवार्य रुपमा ऋण पत्र जारी गर्नुपर्ने नेपाल राष्ट्र बैँकले निर्देशन दिएको छ । सोही निर्देशनको पालना स्वरुप कृषि विकास बैँकले उक्त सम्झौता गरेको हो ।

उक्त सम्झौतामा कृषि विकास बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र नेपाल स्टक एक्सचेन्जका तर्फबाट चन्द्र सिहं साउदले हस्ताक्षर गरेका थिए । सम्झौता पश्चात कृषि विकास बैंकको “एडीबीएल कृषि बैंक ऋणपत्र २०८३”, को दोश्रो बजारमा कारोवार सुरु हुनेछ ।

उक्त अवसरमा कृषि विकास बैंकका कम्पनी सचिव हिमलाल पौडेल, शाखा प्रमुख उमेश पन्जियार, नेपाल स्टक एक्सचेन्जका प्रविन पन्ढाक, कुलचन्द्र रिजाल र एनआईविएल एस क्यापिटलका संचालन अधिकृत राम कुमार महतको समेत उपस्थिती थियो ।