काठमाडौँ — पटक-पटक स्थगित हुँदै आएको सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक सात दिनका लागि स्थगित गरिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।


ADVERTISEMENT


मुलुकमा बाढी, पहिरो र कोरोनाको महामारी फैलिँदै गएकाले स्थायी कमिटी बैठक स्थगित गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । ‘देशभर भइरहेको अतिवृष्टि र सिन्धुपलाञ्चोकलगायत केही जिल्लाहरूमा जनधनको ठूलो क्षतिसमेत भइसकेको स्थितिमा सम्पूर्ण पार्टीपंक्तिलाई उद्दार एवं राहतमा लाग्न र आसन्न सम्भावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टीको तर्फबाट निर्देशन दिँदै स्थायी कमिटीको बैठक ७ दिन स्थगित गरिएको छ,’ प्रवक्ता श्रेष्ठले बताए ।


ADVERTISEMENT

# # #