राजविराज — सप्तकोशी नदीमा पानीको बहावले खतराको स्तर पार गरेको छ । शुक्रबार बिहानबाट पानीको बहाव उच्च भएको हो ।


ADVERTISEMENT


पछिल्लो मापनअनुसार सप्तकोसी ब्यारेज भएर २ लाख ७ हजार ७ सय १५ क्युसेक पानी प्रत सेकेन्डका दरले बहाव भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोषकुमार खड्काले जानकारी दिए ।


ADVERTISEMENT

# # #


खड्काका अनुसार ब्यारेजका ५६ मध्ये ३० ढोका खोलिएको छ । सप्तकोसीमा पानीको बहाव खतराको स्तर पार गरेकाले तटीय क्षेत्रका सर्वसाधारणलाई सर्तकता अपनाउन भनिएको खडकाले बताए ।