विराटनगर – प्रदेश नं मा १ मा बिहीबार दुई जना कोभिड–१९ सङ्क्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार सङ्क्रमित हुनेमा झापा र सुनसरीका एकरएक जना रहेका छन् ।


ADVERTISEMENT


प्रदेशमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या ७०४ पुगेको छ । यस्तै प्रदेशबाट बिहीबार १४ जना सङ्क्रमित निको भई घर फर्केका छन् । यसरी घर फर्केनेमा दुई महिलासहित १४ जना छन् ।


ADVERTISEMENT

# # #


पूर्वाञ्चल विश्वविद्यालय कोभिड–१९ आइसोलेसन अस्पताल मोरङबाट नौ जना, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट तीन जना र कोभिड–१९ आइसोलेसन केन्द्र उदयपुरको चौदण्डीगढीबाट दुई सङ्क्रमित निको भै घर फर्केको मन्त्रालयले जनाएका छ । प्रदेशबाट अहिलेसम्म निको हुनेको सङ्ख्या ५४१ पुगेको छ