काठमाडौँ – डिशहोमले संचालन गरेको ‘डिलर दाईको डिस्काउन्ट’ अफर व्यापक सफल भएपछि ग्राहकहरुको अत्याधिक मागलाई ध्यानमा राख्दै कम्पनीले यो अफरलाई निरन्तरता दिने भएको छ ।


ADVERTISEMENT


२०७६ फागुन २ गते देखि सुरु भएको ‘डिलर दाईको डिस्काउन्ट’ अफर ४४ हप्ताको लागि संचालन हुने भनिएको भए पनि ग्राहकहरुको अत्याधिक मागका कारण यो अफर जारि रहने भएको कम्पनीले जनाएको छ ।


ADVERTISEMENT

# # #


डिशहोमको देशभर रहेको बिक्रेता वा नजिकैको डिलर मार्फत फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्दा साप्ताहिक ‘लक्की ड्र’ मा सहभागी हुन पाईनेछ । हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको शोकेस च्यानल नं. १००, १०१ र रमाईलो टिभीमा साप्ताहिक ‘लक्की ड्र’ मार्फत २ जना भाग्यशाली विजेता छनौट हुनेछन् ।

यो योजना अनुसार २ जना भाग्यशाली विजेताहरुले प्रति व्यक्ति एक लाख नगद प्राप्त गर्ने छन् । फन्डट्रान्सफरबारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिने डिसहोमले जनाएको छ । ग्राहकहरुको मागलाई ध्यानमा राख्दै अब अनलाइन मार्फत ५ हजार वा सो भन्दामाथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि यो ध्भभपथि ‘साप्ताहिक लक्की ड्र’मा सहभागी गराईने भएको छ ।