काठमाडौं- भारतको राजस्थानबाट उत्तरपूर्व हावा बहन थालेपछि त्यहाँ रहेका सलहका ठूला झुन्डहरु नेपाल प्रवेश गर्न सक्ने सम्भावना रहेको सलह सूचना केन्द्रले जनाएको छ ।


ADVERTISEMENT


केन्द्रका प्रमुख एवं कीट विज्ञ रामकृष्ण सुवेदीले राजस्थानबाट पश्चिम दक्षिणबाट बहिरहेको हावा उत्तरपूर्व बहन थालेपछि त्यहाँ रहेका सलहका ठूला झुन्डहरु नेपाल प्रवेश गर्ने सम्भावना प्रबल रहेको बताउनुभएको हो । उहाँले भन्नुभयो, राजस्थानबाट उत्तरपूर्व हावा बहनु भनेको नेपालतिर हो । त्यहाँ ठूलो झुन्ड छ । अहिलेकै अवस्थामा हावाको बहाव रह्यो भने हाम्रो देशमा पस्ने प्रवल सम्भावना छ ।’ सलह अध्ययन गर्न गठित प्राविधिक कार्यदलका सदस्य एवं कीट विज्ञ सुनिल अर्यालले राजस्थानको सिकर आसपासका क्षेत्रमा करिब ४ सय हेक्टर क्षेत्रफलमा फैलिएका ५ वटा झुण्डहरु चुरु हुँदै पूर्व र उत्तरतर्फ साह–जहाँपुर तथा सीतापुर क्षेत्रमा अगाडि बढ्न सक्ने पूर्वानुमान गरिएको बताउनुभयो ।


ADVERTISEMENT

# # #