पर्सा – नेपालमा पाकिस्तानी प्रधानमन्त्री ईमरान खानको पुत्ला जलाइएको छ । पाकिस्तानमा हिन्दुहरुमाथि पटक पटक अत्याचार भईरहेको भन्दै नेपाल विश्व हिन्दु महासंघ जिल्ला कार्य समितिले पर्सामाको आयोजनामा भएको विरोध कार्यक्रममा क्रममा खानविरूद्ध चर्को नाराबाजी गर्दै पुत्ला जलाएको हो ।


ADVERTISEMENT


पाकिस्तानको राजधानी इस्लामावादमा बनिरहेको पहिलो हिन्दु मन्दीरलाइ त्यहाँका कट्टरपन्थी मौलबीले फतवा जारी गरि मन्दीर निर्माणलाइ रोक्न माग गरेका थिए । त्यस पस्चात त्यहाँ ईस्लामिक देशमा हिन्दु मन्दिर बनाउन पाइदैन भन्दै चर्को विरोध भएको थियो । उक्त विरोध पश्चात पाकिस्तानी प्रधानमन्त्री खानले ठाडो आदेश दिएर मन्दिर निर्माण कार्य बन्द गराएका थिए । उक्त मन्दिरको सम्पन्न भईसकेको संरचनालाइ तोडफोड गरेर केही समुहले सो ठाउँमा नवाज समेत पढेका थिए ।


ADVERTISEMENT

# # #


सोही घटनाको विरोधमा महासंघले गरेको विरोध कार्यक्रममा खानको पुत्ला जलाइएको हो । उक्त कार्यक्रममा सयौं युवा सहभागी भई चर्को नाराबाजी गरेका थिए । ‘विश्वका हिन्दु एक हौ’, ‘नेपाललाइ हिन्दु राष्ट्र घोषणा गर’ जस्ता विभिन्न नारा लगाउदै वीरगंजको घन्टा घरमा विरोध कार्यक्रम सम्पन्न भएको थियो ।

महासंघका प्रदेश अध्यक्षको अध्यक्षतामा भएको विरोध कार्यक्रममा बोल्दै महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष विजय प्रकाश निषादले नेपाल हाल नेपाल अन्तर्राष्ट्रिय राजनीतिक अखडा बनि सकेको र नेपालमा पनि धर्म विरोधि गतिविधि बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । वार्ड सदस्य, मेयर, सांसद, मन्त्री देखि प्रधानमन्त्री र रास्ट्रपति समेत हिन्दु भएको देश नेपालमा हिन्दु नै असुरक्षित हुन थालेको आरोप समेत निषादले लगाएका छन् ।

सोहि कार्यक्रममा बोल्दै महासंघका केन्द्रिय सचिव अभिषेक तिवारीले अहिले दक्षिण एसियाका अधिकांस देशमा हिन्दु, बौद्ध , शिखको खिलाफ ठुलो षड्यन्त्र भैरहेको भन्दै हिन्दुहरु विरुद्धको घटना बढदै गएको उदाहरणका रूपमा पाकिस्तानको घटनाका रूपमा चित्रण गरेका छन् । हिन्दु मन्दिर तोड्ने घटनामा कुनै मानवअधिकार संघसंगठन र सयुक्त राष्ट्र नै मौन हुनु दु:खको कुरा भन्दै ध्यानाकर्षण गराएका छन् ।

महासंघका पर्सा जिल्ला अध्यक्ष श्रीनन्दन भरद्वाजले बहुसंख्यक हिन्दु समाजमा खोक्रो सेकुलर बन्न छोडेर हिन्दुत्वको रक्षा गर्न आवश्यक भईसकेको बताएका छन् ।