तनहुँ — आइतबार रातिदेखि परेको अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँमा एक जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् ।


ADVERTISEMENT


म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा घरमाथिबाट आएको पहिरोले घर भत्किँदा १७ वर्षीया लक्ष्मी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताएका छन् । यस्तै पहिरोले पुरिएर रिसिङ गाउँपालिकामा ५ र व्यास नगरपालिका–९ माझकोटमा ५ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


पहिरोको कारण रिसिङमा अनबहादुर थापाको घर पुरिएर परिवारका ५, व्यासमा केशरबहादुर थापाको घर पुरिएर परिवारका ४ र व्यासमै मानबहादुर घर्तीको घर पुरिएर उनकी आमा बेपत्ता भएको प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले बताए । बेपत्ताहरुको उद्धार भइरहेको उनले जानकारी दिए ।