काठमाडौं – मुलुकका अधिकांश स्थानमा आइतबारदेखि ४ दिनसम्म मनसुन थप सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कर्णाली र सुदुरपश्चिम प्रदेशमा अन्य प्रदेशको तुलनामा कम क्षेत्र प्रभावित हुने भएपनि भारी वर्षा भई बाढीपहिरोको जोखिम सबै प्रदेशमा रहेको विभागले जनाएको हो ।


ADVERTISEMENT


 

साउन ५ देखि ८ गतेसम्म प्रदेश १, २, बागमती र गण्डकीका ठूला र साना नदी तथा तिनका सहायक नदीमा जलसतह उल्लेख्य बढ्ने विभागद्वारा जारी सुचनामा उल्लेख छ । पहाड, चुरे क्षेत्र तथा तराई भएर बग्ने स–साना नदी नालाहरुमा साउन ९ गतेसम्म आकस्मिक बहाव हुने सम्भावना रहेकाले आवश्यक पूर्वतयारी तथा विषेश सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।


ADVERTISEMENT

# # #


 

साउन ५ देखि तीन दिन तिनाउ, राप्ती, बबई, भेरी, सेती र यसका सहायक नदीहरुमा समेत बहाव बढ्ने भन्दै तटीय क्षेत्रमा बसोबास गर्नेलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । यसअघि साउन २५ देखि २९ गतेसम्म मुलुकका बिभिन्न क्षेत्रमा भीषण वर्षा भएको थियो । असार माहिनाको बाढी पहिरोमा १ सय भन्दा बढीको मृत्यु भएको छ । ४५ जना अझै हराइरहेका छन् ।