काठमाडौं –  विश्वभर कोरोना भाइरस संक्रमितको संख्या एक करोड ३९ लाख २५ हजार नाघेको छ । संक्रमणका कारण पाँच लाख ९१ हजार ८ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घण्टामा विश्वभर दुई लाख ४१ हजार दुई सय ६५ जनामा संक्रमण देखिएको छ । पाँच हजार ६ सय ३९ जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


 

सबैभन्दा धेरै अमेरिकामा संक्रमित हुनेको संख्या ३६ लाख ८३ हजार नाघेको छ । अमेरिकामा कोरोना संक्रमणबाट १ लाख ४१ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । ब्राजिलमा २० लाख १४ हजारभन्दा बढी संक्रमित भएका छन् । त्यहाँ ७६ हजार ८ सयभन्दा बढीको मृत्यु भएको छ ।


ADVERTISEMENT

# # #


 

भारतमा संक्रमितको संख्या १० लाख ५ हजार नाघेको छ भने २५ हजार ६ सयभन्दा बढीको मृत्यु भइसकेको छ । एकैदिन भारतमा ३२ हजार ६ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

मेक्सिकोमा ३६ हजार ९ सय, पेरुमा १२ हजार ६ सय, चिलिमा ७ हजार र पाकिस्तानमा ५ हजार ७ सयभन्दा बढीको मृत्यु भइसकेको छ । विश्वभर संक्रमितमध्ये ६० प्रतिशतभन्दा बढी निको भएका छन् । निको हुनेको संख्या ८२ लाख ६५ हजार नाघेको छ ।