एजेन्सी- कोरोना भाइरस महामारीविरुद्धको लडाईमा सहयोग गर्नका लागि संयुक्त राष्ट्रसंघले १० अर्ब ३० करोड डलर बराबरको कोषका लागि विश्व समुदायसमक्ष अपिल गरेको छ ।

 कोरोना संक्रमणको असरका कारण यो बर्षको अन्त्यसम्ममा विश्वका २६ करोड ५० लाख मानिसले भोकमरीको सामना गर्नुपर्ने भन्दै राष्ट्रसंघले यस्तो अपिल गरेको हो । राष्ट्रसंघले अपिल गरेको यो कोष रकम हालसम्मकै ठूलो हो ।


ADVERTISEMENT


यसअघि पहिलो पटक गत मार्चमा राष्ट्रसंघले २ करोड डलरको कोषका लागि अपिल गरेको थियो । कोष रकमका लागि अपिल गर्दै राष्ट्रसंघले धनी मुलुकहरुले अब आफ्नो अर्थतन्त्र उकास्नुका साथै गरिब मुलुकहरुका लागि समेत काम गर्नुपर्ने बताएको छ । त्यसो नभएको खण्डमा विश्वमा थप संकट निम्तने र लाखौं मानिस भोकमरीको शिकार हुने राष्ट्रसंघले चेतावनी दिएको छ ।


ADVERTISEMENT

# # #


कोषको रकम अति न्यून आय भएका तथा नाजुक अवस्थाका मुलुकहरुका लागि प्रयोग गरिने राष्ट्रसंघले जनाएको छ । कोरोना संक्रमणले विश्वका गरिब मुलुकहरुमा ठूलो प्रभाव परिरहको छ ।