काठमाडौं- राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीति आज सार्वजनिक गर्दैछ । कोभिड–१९ ले समग्र अर्थतन्त्रमा पारेको प्रभाव न्यूनिकरण, वित्तीय क्षेत्रमा सहुलियत तथा सरकारको आर्थिक नीतिलाई सहयोग गर्ने उद्देश्यले केन्द्रीय बैंकले चालु बर्षको मौद्रिक नीति ल्याउन लागेको हो ।


ADVERTISEMENT


असार मसाान्तमा ऋणको साँवा, व्याज भुक्तानी गर्न नसक्ने ऋणीलाई म्याद थपसँगै व्याजको पुँजीकरण, ग्रेस अवधि थप लगायत कर्जा पुनर्संरचनाका लागि पर्याप्त समय दिने केन्द्रीय बैंकको तयारी छ । मौद्रिक नीतिमार्फत कोरोना माहामारीका कारण प्रभावित क्षेत्रलाई राहत प्याकेजका साथै बजार विस्तारका लागि नितिगत सहुलियत दिइनेछ । पर्यटन, साना तथा मझौला उद्योग लगायतका बढी प्रभावित क्षेत्रमा भने व्याजदरमै सहुलियत दिने पनि राष्ट्र बैंकको तयारी छ ।


ADVERTISEMENT

# # #


 कोभिड–१९ बाट प्रभावित उद्योगी व्यवसायीलाई व्याज र साँवाको भुक्तानीका लागि तीन महिनादेखि एक बर्षसम्म समायावधि दिने बिषय मौद्रिक नीतिमा प्राथमिकतामा परेको छ । केन्द्रीय बैंकले आज अपरान्ह् २ बजे सार्वजनिक गर्ने मौद्रिक नीति मार्फत उद्योगि व्यवसायीलाई सो सुविधा दिन लागिएको हो ।