काठमाडौं- बन्दाबन्दीका समयमा नि:शुल्क गरिएको अन्तरबैंक सेवामा शुल्क लाग्ने भएको छ । लकडाउनका समयमा विद्युतीय कारोबार तथा नगद झिक्न अन्तर बैंक एटिएम कार्ड प्रयोग नि:शुल्क गरिएको थियो । अब भने अन्तरबैंक कारोबार गर्दा शुल्क लिने या नलिने बैंक आफैले निर्णय गर्न पाउने नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएसन, नेपाल वित्तीय संस्था संघद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिमा उल्लेख छ ।


ADVERTISEMENT


हाल प्राय: जसो सबै बैंक तथा वित्तीय संस्थाहरुका शाखाहरु खुलेको र बन्दाबन्दी समेत खुकुलो भई आवत–जावतमा सहज भएकाले आजबाट विद्युतीय कारोवार तथा नगद झिक्न अन्तर–बैंक एटिएम प्रयोग गर्दा शुल्क लिने/नलिने निर्णय सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरु आफैले निर्धारण गर्ने जनाइएको छ ।