काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटिको बैठक आइतबारसम्मका लागि स्थगित भएको छ । आज बिहान ११ बजे बस्ने भनिएको बैठक पर्सी (साउन ४ गते)सम्मका लागि स्थगित भएको हो ।


ADVERTISEMENT


बैठकका लागि भनेर नेकपा नेताहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । तर, अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि समय नपुगेको भनेपछि आजै ३ बजेका लागि सारिएको थियो । तर, बैठक साउन ४ गते दिउँसो ३ बजे बस्ने गरी स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


नेकपाका ओन्तरिक विवाद सुल्झाउने भनिएको स्थायी समितिको बैठक पटकपटक स्थगित हुँदै आएको छ । नेकपाका अधिकांश स्थायी समिति सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग राख्दै आएका छन् ।

छलफलबाट सहमति खोज्न अध्यक्षद्वय ओली र दाहालले पटक पटक एकल वार्ता गर्दै आएका छन् । उनीहरुले हिजो वरिष्ट नेता माधव नेपालसहितको त्रिपक्षीय छलफल समेत गरेका थियो ।