काठमाडौं- कोरोना महामारीका कारण जारी लकडाउन, भिसा सकिएका, आफन्तकोमा गएर उतै रोकिएका ३२ हजार २० जना नेपालीको उद्धार गरिएको छ । आइतबार मात्रै विभिन्न मुलुकमा रहेका १ हजार ८० जनालाई काठमाडौं ल्याईएको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ । दुबईबाट ४ सय १९ जना नेपाल फर्किएका छन् ।


ADVERTISEMENT


यस्तै कतारबाट ३ सय ७ जना र मलेसियाबाट ३ सय ५४ जनाको उद्धार गरिएको हो । सरकारले गत जेठको दोस्रो साताबाट सुरु गरेको उद्धार उडानामार्फत नेपालीको उद्धार गर्दै आएको छ । यसैबीच विदेशमा विविध कारण ज्यान गुमाएका १ सय ७९ जनाको शव नेपाल ल्याईएको छ ।


ADVERTISEMENT

# # #


मलेसिया, साउदी, कतार, युएई, कुवेत, बहराइन, ओमान, दक्षिण कोरिया लगायतका देशबाट शव ल्याएर परिवारलाई बुझाइएको हो । विदेशमा विभिन्न कारण ज्यान गुमाएका ४ सय ३४ जनामध्ये १ सय ५६ जनाको भने परिवारको सहमतिमा गन्तव्य मुलुकमै अन्त्येष्टि गरिएको छ । विदेशबाट अझै १ सय ७ वटा शव नेपाल ल्याउन बाँकी छ ।