पर्सा –  नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ४६ जना बारा र ४ जना पर्साका वासिन्दा रहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन कुमार उपाध्यायले जानकारी दिए ।


ADVERTISEMENT


उपाध्यायका अनुसार बाराका ४६ जना देवतल गाउँपालिकाको क्वारेन्टाइनका हुन् । पर्साका चारजना भने होटल कुमु प्यालेसको क्वारेन्टाइनमा बसेका थिए । कुल ५० मध्ये १० जना महिला छन् । संक्रमितलाई आइसोलेसन वार्डमा लैजाने तैयारी भइरहेको छ ।


ADVERTISEMENT

# # #