पाल्पा- सडक सञ्चालन भएको ३ घण्टामै फेरि पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडकखण्ड पुन: अवरुद्ध भएको छ । सडकखण्डअन्र्तगत तानसेन नगरपालिका–८, गौडेपुल नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरी नायव उपरीक्षक मदन गिरीले बताउनुभयो ।


ADVERTISEMENT


 गत शुक्रबार बिहान झरेको पहिरो हिजो अपरान्ह ५ बजे हटाइएको थियो । तर पुन: पहिरो खसेपछि सवारी साधनहरु बाटोमै रोकिएका छन् । लगातारको बर्षाले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ ।