काठमाडौं – पछिल्लो २४ घण्टामा थप १८६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १७ हजार ८४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


पछिल्लो २४ घण्टामा देशभरका २७ वटा प्रयोगशालामा ४ हजार २१६ जनाको पीसीआर टेस्ट भएको छ । हाल क्वारेन्टिनमा २२ हजार २२८ जना रहेका छन् भने ५ हजार ९३६ जना आइशोलेसनमा रहेका छन् ।


ADVERTISEMENT

# # #


कुल संक्रमित मध्ये ४० जनाको मृत्यु भएको छ । हालसम्म ११ हजार ८६८ जना निको भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । उनका अनुसार यो कुल संक्रमितको ६६.५१ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा १७३ जना निको भएका छन् ।