काठमाडौँ – महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा सागर शर्मा नियुक्त भएका छन् । विकास बैँकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा बैँकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत शर्मालाई नियुक्त गरेको हो ।


ADVERTISEMENT


बैंक परिवारको तर्फबाट केन्द्रिय कार्यालय दरबारमार्गमा स्वागत कार्यक्रम सम्पन्न गरिएको थियो । उक्त कार्यक्रममा संस्थाका नियुक्त कायममुकायम प्रमुख कार्यकारी अधिकृत शर्माले बैंक प्रतिको जनविश्वास, निष्ठा कायम राख्दै गुणस्तरीय सेवा प्रदान गर्न सदा तत्पर रहने प्रतिवद्धता जनाएका छन् ।


ADVERTISEMENT

# # #


त्यसैगरी उनले बैंकको लक्ष्य र उद्देश्य प्राप्तिका लागि आफु साथसाथै सम्पूर्ण कर्मचारीलाई प्रयत्नशिल रहन आग्रह गरेकमा छन् ।