धादिङ — धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-६ गुल्जुङमा पहिरोमा परेर एकै घरका ३ जनाको मृत्यु भएको छ । अविरल वर्षापछि सोमबार राति आएको पहिरोले घर पुर्दा २८ वर्षीय मिलन खाण, उनकी २६ वर्षीया श्रीमती सम्झना खाण र २ वर्षीया अन्जिता खाणको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी रुपक खड्काले जानकारी दिए ।  अहिले प्रहरी घटनास्थलतर्फ गइरहेको पनि डीएसपी खड्काले बताए ।


ADVERTISEMENT


आइतबारदेखि परेको लगातारको वर्षाले धादिङका विभिन्न ठाउँमा पहिरो गएको छ । विभिन्न ठाउँमा आएको पहिरो र बाढीले पृथ्वी राजमार्ग अन्य सडक क्षतविक्षत भएकाले उद्धार र राहत कार्यमा समस्या भएको प्रहरीले बताएको छ ।


ADVERTISEMENT

# # #