दुबई — संयुक्त अरब इमिरेट्सले (यूएई) ले पहिलो मिसनअन्तर्गत मंगल ग्रहमा एक यान प्रक्षेपण गरेको छ । ‘होप’ नाम दिइएको मिसनले जापानस्थित तनेगसिमा अन्तरिक्ष केन्द्रबाट एचटू–ए रकेटमार्फत प्रक्षेपण गरिएको हो । उक्त मिसनले करिब ५० करोड किलोमिटर दूरी तय गरेपछि मंगल ग्रहको मौसम र जलवायुबारे अध्ययन गर्ने जनाइएको छ ।


ADVERTISEMENT


यसअघि गतसाता गरिएका दुइटा प्रयास खराब मौसमका कारण स्थगित भएको जनाइएको थियो । यूएई स्थापनाको ५० औं वार्षिकोत्सव अर्थात् सन् २०२१ को फेब्रुअरीमा होप मंगल ग्रहमा पुग्नेछ । ‘होप’ मिसनको नेतृत्व गरिरहेकी सराह अल अमिरीले रकेट पूर्ण सफलताका साथ प्रक्षेपण भएको भन्दै खुसी व्यक्त गरिन् । अमिरी यूएईको वैज्ञानिक परिषद्को अध्यक्ष तथा विज्ञान राज्यमन्त्री हुन् । उनका अनुसार मिसनलाई दुबईस्थित मोहम्मद बिन रसिद स्पेस सेन्टरबाट नियन्त्रण गरिनेछ ।


ADVERTISEMENT

# # #