झापा- झापाको बुद्धशान्ति गाउँपालिका ७ मोतीडाँडामा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।गएराति साढे १० बजे पहिरो खस्दा मोतीडाँडाका तेजकुमार बराईलीको घर भत्किएको थियो । टिनको छानो र इँटाको गारो भएको एक तले घर भत्किदा बराईलीको घरमा पाहुना आएका मेचीनगर नगरपालिका ९ का १५ बर्षीय विवेक दर्नालको मृत्यु भएको जिल्ला प्रहरीका डीएसपी राकेश थापाले जानकारी दिनुभयो ।


ADVERTISEMENT


पहिरोले घरको गारो भत्किदा पुरिँदा बालकको घटनास्थलमै मृत्यु भएको डीएसपी थापाले बताउनुभयो । पहिरोमा परी ७७ बर्षीया तिलमाया बराईली, २१ बर्षीया कल्पना र १९ बर्षकी पृष्टिना बराईली घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । पहिरोले दुई वटा घर जोखिममा परेको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #