काठमाडौँ – कोभिड–१९ सङ्क्रमण रोकथामका लागि नेपालले जारी गरेको बन्दाबन्दीका कारण समग्र अर्थतन्त्रमा व्यापक असर परेको विश्व बैङ्कले जनाएको छ । बिहीबार ‘नेपाल डेभलपमेन्ट अपडेट’ जारी गर्दै विश्व बैङ्कले गत आर्थिक वर्ष ०७६\७७ मा नेपालको आर्थिक वृद्धिदर १.८ प्रतिशत मात्र पुगेको जनाएको हो । बैङ्कले चालू आवको आर्थिक वृद्धिदर २.१ प्रतिशत रहने पनि प्रक्षेपण गरेको छ । वि


ADVERTISEMENT


गत तीन वर्षमा निरन्तर ६।५ प्रतिशत माथिको वृद्धिदर रहेकोमा बन्दाबन्दीले गत आवमा वृद्धिदर प्रभावित भएको विश्व बैङ्कको निष्कर्ष छ ।
वेबनारमार्फत आयोजित कार्यक्रममा अर्थ मन्त्री डा। युवराज खतिवडाले सार्वजनिक गर्नुभएको उक्त अपडेट अनुसार मुद्रास्फीति विगत चार वर्ष यताकै बढी अर्थात् ६.४ प्रतिशत पुगेको उल्लेख छ । त्यस्तै कृषि क्षेत्रको वृद्धिदर गत आवमा २.६ प्रतिशत पुग्ने प्रक्षेपण विश्व बैङ्कको छ । सेवा क्षेत्रको वृद्धिदर भने एक प्रतिशत रहने अपडेटमा उल्लेख छ ।


ADVERTISEMENT

# # #


त्यस्तै औद्योगिक क्षेत्रको वृद्धिदर चार वर्षयताकै कम भई ३.२ प्रतिशत मात्र कायम हुने विश्व बैङ्कले जनाएको छ । वस्तु आयात विगत तीन वर्षयता पहिलोपटक २.८ प्रतिशतले घटेको जनाइएको छ । निर्यात भने २२.१ प्रतिशतले बढेको देखिन्छ । लकडाउनका कारण आर्थिक गतिविधि नहुँदा बैङ्कमा निक्षेप बढेको तर कर्जा भने घटेको पाइएको विश्व बैङ्कले जनाएको छ ।

कोभिड–१९ विदेशी मुद्रा आर्जन तथा राजस्व घट्दा बजेटमा चाप परेको उल्लेख गरिएको छ । सङ्क्रमण कारण गरिबी र बेरोजगारी दर पनि बढ्न सक्ने प्रक्षेपण बैङ्कले गरेको छ । महामारीका कारण बदलिएको आर्थिक व्यवहारले भविष्यमा पनि वृद्धिदरमा असर पुर्याउन सक्ने अपडेटमा उल्लेख छ ।

महामारीका कारण सिर्जित अवस्थामा गरिबको जीवनयापनको सुरक्षाका लागि सामाजिक सहयोग आवश्यक रहने पनि सुझाव विश्व बैङ्कले दिएको छ । यद्यपि बजेट तथा मौद्रिक नीतिमार्फत सरकारले विषम परिस्थितिको सम्बोधन प्रयास गरेको पनि विश्व बैङ्कले जनाएको छ ।