सिरहा– टिकटको विषयमा विवाद हुँदा सिरहामा कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । झडपमा आधा दर्जन बढी कांग्रेसका कार्यकर्ता सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।


ADVERTISEMENT


सिरहा नगरपालिकामा पार्टीबाट मेयरको उम्मेदवार टुंगो लगाउन बसेको जिल्ला कार्यसमिति बैठकमा दुई पक्षीय विवाद चर्किएपछि झडप हुन पुगेको बताइएको छ ।
सिरहा नगरपालिकामा सुवास यादव र उपेन्द्र यादवको दाबेदारी रहेकोमा सुवासलाई टिकट दिने निर्णय गर्न लागिएपछि झडप हुन पुगेको हो ।


ADVERTISEMENT

# # #


सिरहाका चार सांसदले मंगलबार दिनभर प्रयास गरेपनि सहमति जुट्न सकेन । बुधबार विहान भएको छलफलमा डा। सुभाषचन्द्रलाई मेयर र उपेन्द्र यादव समूहबाट उपमेयरको उम्मेदवार तय भयो । तर, डा। सुभाषचन्द्रका समर्थक टिकट वितरणमा ढिला गरेको र सबै टिकट आफ्नो पक्षले पाउनु पर्ने भन्दै सभासदमाथि जाइलागे ।

‘सहमति भइसकेको थियो । तर, सुभाषचन्द्रको समूह कोठाभित्रै आएर मलाई एक्कासी कुटपिट गरे’ सभासद यादवले भने ।

लगतै सुभाषचन्द्र र उपेन्द्रको समूहबीच झडप भएको छ । त्यसक्रममा रडका साथै खुकुरी हानाहान भएको छ । झडपका क्रममा क्षेत्रीय सभापतिसहित १० जना घाइते भएका छन् । प्रहरीले स्थिति नियन्त्रणमा लिएको छ ।
विवादका कारण कांग्रेसले धनगढीमाई नगरपालिकामा पनि उम्मेदवारको टुंगो लगाउन सकेको छैन ।

आयोगले आजै साँझ ५ बजेभित्र मनोनयन दर्ताको समय दिएको छ । यसैबीच टिकट पाइसकेकाहरुले भने निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराइरहेका छन् ।