काठमाडौं – पछिल्लो २४ घण्टामा थप १३० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १८ हजार ३७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


पछिल्लो २४ घण्टामा देशभरका २७ वटा प्रयोगशालामा ३ हजार ३०० जनाको पीसीआर टेस्ट भएको छ । हाल क्वारेन्टिनमा १७ हजार ९०३ जना रहेका छन् भने ५ हजार ४४० जना आइशोलेसनमा अथार्त सक्रिय संक्रमित रहेका छन् ।


ADVERTISEMENT

# # #


कुल संक्रमित मध्ये ४५ जनाको मृत्यु भएको छ । हालसम्म १३ हजार १२८ जना निको भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।  यो संख्या कूल संक्रमितको ७०.५ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा ७५ जना निको भएका छन् ।