काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप १३० जनामा कोरोना पुष्टि भएको छ भने ७५ जनाले कोरोना जितेर घर फर्किएका छन् ।


ADVERTISEMENT


यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १८हजार ६१३ पुगेको छ भने १३ हजार १२८ जना उपचारपछि निको भएका छन् । निको हुनेको संख्या कुल संक्रमितको ७०.५ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।


ADVERTISEMENT

# # #


कुन प्रदेशमा कति भेटिए कोरोना संक्रमित ?

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार हालसम्म प्रदेश नं. १ मा ९४१ जनामा कोरोना देखिएको छ भने प्रदेश नं. २ मा ४ हजार ८१७ जना संक्रमित भेटिएका छन् । यस्तै वाग्मती प्रदेशमा ९१२ जना, गण्डकी प्रदेशमा १ हजार ४४५ जना, प्रदेश नं. ५ मा ४ हजार २६१ जना, कर्णाली प्रदेशमा १ हजार ९५२ जना र सुदूरपश्चिम प्रदेशमा ४ हजार २९४ जनामा संक्रमण पुष्टि भएको छ ।

सक्रिय संक्रमित

प्रदेश नं. १ मा सक्रिय संक्रमितको संख्या १८६ जना, प्रदेश नं. २ मा १ हजार ८७३ जना, बाग्मती प्रदेशमा ४४४ जना रहेका छन् । यस्तै गण्डकी प्रदेशमा २९४ जना, प्रदेश नं. ५ मा ३५८ जना, कर्णाली प्रदेशमा ३६७ जना र सुदूरपश्चिम प्रदेशमा १ हजार ९९२ जना हाल कोरोनासँग लडिरहेका छन् ।

यसरी हालसम्म देशैभर सक्रिय संक्रमितको संख्या ५ हजार ७४४ रहेको छ ।

निको भएकाको संख्या

हालसम्म प्रदेश नं. १ मा ७५५ जना, प्रदेश नं. २ मा २ हजार ९४४ जना, बाग्मती प्रदेशमा ४६८ जना कोरोना निको भएको प्रवक्ता डा. गौतमले बताएका छन् । यस्तै गण्डकी प्रदेशमा १ हजार १५१ जना, प्रदेश नं. ५ मा ३ हजार ९०३ जना, कर्णाली प्रदेशमा १ हजार ५८५ जना र सुदूरपश्चिम प्रदेशमा २ हजार ३०२ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।

यस्तै ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाहरु रौतहट, कैलाली र बाजुरा गरी ३ वटा रहेका छन् भने संक्रमित शून्य भएका जिल्लाहरुमा पाँचथर, भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ गरी ६ वटा रहेका छन् ।