काठमाडौँ – सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता देवेन्द्र पौडेलले पार्टी विभाजन हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।


ADVERTISEMENT


संवाद क्लब नेपालद्वारा यहाँ आज आयोजित साक्षात्कारमा नेकपाका स्थायी समिति सदस्यसमेत रहेका पौडेलले पार्टीभित्र पर्याप्त मात्रामा वैचारिक बहस भए पनि पार्टी विभाजन नहुने दाबी गरे । नेता पौडेलले नेकपा पार्टी कुनै हालतमा नफुट्ने दाबी गर्दै आजको आवश्यकता पार्टीलाई जनताले दिएको विश्वास गुमाउन दिन नहुने बताए ।


ADVERTISEMENT

# # #


युवा पुस्ताले पार्टीलाई अझ बलियो बनाउन लागिपरेको उनको भनाइ छ । उनले भने, “मलगायत धेरै नेता कार्यकर्ता यो पार्टी एक ढिक्का बनाउन लागेका छौँ । दुई अध्यक्ष केपी र प्रचण्ड पनि पार्टीलाई मजबुद बनाउन छलफलमा निरन्तर लागिपरेका छौँ ।”