पाल्पा — सिद्धार्थ राजमार्गको पक्की सडक भासिने गरी तिनाउ–३, दोभान नजिकै पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । दोभान बजारदेखि ५ सय मिटर अगाडि नागमन्दिर नजिकै झण्डै ३ मिटर पक्की सडकको जग नै भासिने गरी पहिरो खसेको दोभान प्रहरी चौकी प्रमुख सोमबहादुर सारुले बताए ।


ADVERTISEMENT


रातभरको वर्षाले सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्डको ठाउँठाउँमा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । माथिल्लो सिद्धबाबा नजिकको खोल्सामा पनि माथिल्लो भागबाट ठूला ढुंगा खसेको छ । चिडियाखोलातर्फ र दोभानतर्फबाट सडक खुलाउने प्रयास भइरहेको  छ ।


ADVERTISEMENT

# # #