विराटनगर – मोरङको विराटनगर महानगरपालिकामा आजदेखि अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गरिएको छ । महानगरपालिकाभित्र ट्राभल हिस्ट्रि नभएका चौध जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि संक्रमण नफैलियोस भनेर अत्यवश्यक बाहेकका सेवा बन्द गरिएको हो ।


ADVERTISEMENT


 

कहिँकतै नगएका व्यक्तिहरुमा संक्रमण पुष्टि भएकाले समुदायमै कोरोना फैलिएको अनुमान गरिएको छ । महानगरले आजबाट नगर तथा वडा कार्यालयले प्रदान गर्ने अत्यावश्यक सेवाहरू दमकल, एम्बुलेन्स, स्वास्थ्य, सरसफाइ, राजश्व व्यवस्थापन, सामाजिक सुरक्षा तथा अत्यावश्यक सिफारिस बाहेक अन्य सबै सेवा स्थगित गरेको हो ।


ADVERTISEMENT

# # #


 

भारतीय सीमावर्ती क्षेत्रबाट हुने आवतजावतमा समेत कडाइ गरिएको छ । महानगरले पीसीआर परीक्षण दायरा बढाउन, क्वारेन्टिन थप गर्न प्रदेश सरकारलाई आग्रह गरेको छ । प्रदेश एक प्रहरी कार्यालयमा कार्यरत प्रहरी, विराट नर्सिङ्ग होमका सञ्चालक चिकित्सक सहित ४१ जनालाई विराटनगरमा कोरोना संक्रमण पुष्टि भएको छ ।