जनकपुर । सशस्त्र प्रहरी बलको इतिहासमा कारोना कहरका विच सफल वागमती प्रदेशमा रहि उत्कृष्ट काम गरेका सशस्त्र प्रहरी बल ३ नम्बर गढीमाई बाहिनी मुख्यालय¸चितवनका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक ( डिआइजी ) कृष्ण भक्त ब्रम्हचार्यको सुरुवा भएको छ ।


ADVERTISEMENT


लकडाउन खुकुलो भएता पनि खतरा भने अझै टरेको छैन । यस्तो अवस्थामा जनताको सरोकार राखेर पहिलो पटक सिमा लक गर्नेदेखि शहरदेखि गाउँ गाउँमा कारोना सचेतनामा सफल बनेका ब्रम्हचार्यको प्रदेश नं. २ को सशस्त्र प्रहरी प्रमुखको रूपमा सरुवा भएको हो । सरुवा भए संगै दुई नम्बर प्रदेशका जनता ढुक्क छन् ।


ADVERTISEMENT

# # #


 

वागमती प्रदेशमा सशस्त्र प्रहरीको तर्फबाट नेतृत्व गरेर उत्कृष्ट काम गरेका डिआईजी ब्रम्हचार्यको आगमनले प्रदेश नं. २ मा देखिका समस्या र कारोना नियन्त्रणमा थप मद्दत पुग्ने विश्वास सुरक्षा विज्ञहरुले लिएका छन् ।

उनले यहाँ रहदाँ विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसबारे शहरका टोल टोलदेखि दुर्गम गाउँमा शसस्त्र प्रहरीले सचेतना कार्यक्रम तीव्र पारेका थिए । शहरका टोल टोलदेखि दुर्गम गाउँका स्थानीयबासीहरुलाई कोरोना भाईरस ( कोभिड–१९ ) रोकथामका लागि घरबाहिर ननिस्कन र निस्कनु पर्दा माक्सको अनिवार्य प्रयोग गर्न आव्हान गर्दै जनचेतनामुलक कार्यक्रम निकै प्रभावकारी बनेको थियो ।

भने उनी आफ्नो प्रदेश अन्र्तगतका सबै जिल्लामा र सिमा नाका सिल गर्न आफ्ना कर्मचारीहरुको मनोवल बढाउन आफै फिल्डमा पुग्ने सशस्त्र प्रहरीकै पलिहो डिआईजी बनेका समेत थिए । साथै उनी यहाँ रहदाँ जनता र आफ्ना कर्मचारी विचको लोकप्रियता र कुनै पनि विवादमा नआई वागमती प्रदेशमा रहदाँ उत्कृष्ट काम शसस्त्र प्रहरी बलमा नयाँ रेर्कड बनेको छ ।