काठमाडौँ – कामना सेवा विकास बैंक लिमिटेड र अल पसल पब्लिक लिमिटेडबीच आर्थिक अभिमुखीकरण तथा स्वरोजगारमूलक व्यवसायको विकास तथा प्रवर्धन गर्ने उद्देश्यकासाथ सहुलियतपूर्ण कर्जाको माध्यमबाट लक्षित वर्गको आय आर्जन वृद्धिका लागि द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।


ADVERTISEMENT


यस समझदारी पत्रमा कामना सेवा विकास बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र अल पसल पब्लिक लिमिटेडको तर्फबाट अध्यक्ष झविन्द्र पन्थीले कामना सेवा विकास बैंकमा आयोजित एक कार्यक्रमका बीच हस्ताक्षर गरेका थिए।


ADVERTISEMENT

# # #


यस समझदारी अन्तर्गत बैंकले नेपाल राष्ट्र बैकद्वारा तोकिएको मापदण्डको अधीनमा रहि अल पसल पब्लिकमा आबद्ध व्यवसायीहरुलाई सहुलियतपूर्ण कर्जा प्रदान गरी उनीहरुको आर्थिक तथा समाजिक विकासमा टेवा पुर्याउने प्रमुख लक्ष्य रहेको प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले जानकारी गराए ।