काठमाडौं – पछिल्लो २४ घण्टामा थप ४१८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २० हजार ७५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका २९ वटा प्रयोगशालामा ७ हजार ६३७ जनाको पीसीआर टेस्ट भएको छ । हाल क्वारेन्टिनमा १० हजार ४५२ जना रहेका छन् भने ५ हजार ७३२ जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् । कुल सक्रमितमध्ये २७.६ प्रतिशत हाल सक्रिय संक्रमित रहेका छन् ।


ADVERTISEMENT

# # #


कुल संक्रमित मध्ये ५७ जनाको मृत्यु भएको छ । यो संख्या कुल संक्रमितको ०.२८ प्रतिशत हो । हालसम्म १४ हजार ९६१ जना निको भएको प्रवक्ता गौतमले जनाएका छन् । यो कूल संक्रमितको ७२.१ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा ३५८ जना निको भएका छन् ।